एजेन्सी । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ ।
अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् ।
समाचार अनुसार, फेसबुकका संस्थापक तथा सीईओ जुकरबर्गले पछिल्लो २ महिनामा मात्रै आफ्नो कूल सम्पत्तिमा ३० अर्ब डलरले वृद्धि गर्न सफल भएका छन् । ब्लुम्बर्ग अर्बपति सूचकांकअनुसार, मार्चको मध्यताका जुकरबर्गको कूल सम्पत्ति ५७ अर्ब ५० करोड डलर थियो । अहिले उनको सम्पत्ति बढेर ८७ अर्ब ५० करोड डलर पुगेको छ ।
योसँगै जुकरबर्ग विश्वका सर्वाधिक धनी मान्छेको सूचीमा तेस्रो स्थानमा उक्लिन सफल भएका छन् । जुकरबर्गभन्दा अगाडि अब अमेजन मालिक जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्समात्र छन् । बिल गेट्सको सम्पत्ति १ खर्ब ८ अर्ब डलर छ भने बेजोसको सम्पत्ति १ खर्ब ४७ अर्ब डलर रहेको छ ।
जुकरबर्गको सम्पत्तिमा व्यापक वृद्धि हुनुमा फेसबुक कम्पनीको शेयर मूल्यमा भएको उल्लेख्य वृद्धि प्रमुख कारण हो । सीएनबीसीको हालैको एक रिपोर्ट अनुसार, फेसबुकको शेयर मूल्यमा किर्तिमानी बढोत्तरी हुँदै हालै प्रतिशेयर मूल्य २३० डलर ७५ सेन्ट पुग्यो । फेसबुकले केही दिनअघि सपिङ प्लाटफर्म सार्वजनिक गरेसँगै कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।
महामारीका बीच करोडौं मानिसहरु घरभित्रै बस्न बाध्य भइरहेका बेला फेसबुकले पछिल्लो समय एकपछि अर्को नयाँ फिचर थप गरिरहेको छ जुन प्रयोगकर्ताहरूले निकै रुचाएका पनि छन् । जसमध्ये भिडियो कन्फ्रेन्सिङका लागि मेसेन्जर रुम्स निकै लोकप्रिय बनिरहेको छ र अर्को भिडियो कन्फ्रेन्सिङ एप जुमलाई टक्कर दिइरहेको छ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर