कक्षा १ देखि ११ सम्मका विद्यार्थीले घरै बसेर बेलायतको कम्प्युटर कोर्स “डिजी स्कुल” पढ्न पाउने

कक्षा १ देखि ११ सम्मका विद्यार्थीले घरै बसेर बेलायतको कम्प्युटर कोर्स “डिजी स्कुल” पढ्न पाउने

digischool

काठमाडौ । सामयिक परिवर्तन सगै बिश्व ‘डिजिटल वर्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी छ। हिजो विद्यार्थीले अङ्ग्रेजी जान्नुलाई सिकाइको मानक मानिन्थ्यो तर अहिले समयले गति लिइसक्यो । प्राबिधिक ज्ञान अझ भनौ कम्प्युटर (आइटी) सिक्नु सबै भन्दा जरुरी भएको छ ।

यसै कुरालाई मध्यनजर गर्दौ सफ्ट्वेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि अन्तराष्ट्रिय स्तरमै लोकप्रिय र परिस्कृत कम्प्युटर कोर्स “डिजी स्कुल”को नेपालमा अध्यापन सुरु गरेको छ ।

सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सिमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रवन्ध गरिएको छ ।

डिजी स्कुल मार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर वा Sushma@digischoolglobal.com मा इमेल गरेर भर्ना लिन सक्नेछन्।

प्रती महिना दुई हजार शुल्क रहेको कोर्सको हाल लकडाउनको समयमा भर्ना लिदा  निशुल्क रहेको बताइएको छ ।

के हो त डिजी स्कुल ?

बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो ।

यसलाई सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले नेपालमा भित्र्याएको छ । डिजी स्कुल कक्षा १ देखि ११ सम्मका बिद्यार्थीका लागि तयार गरिएको हो।

एस इ इ सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा “डिजी स्कुल” पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर/मर्मत लगएत बिषय सिक्ने छ्न साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने डिजी स्कुलका प्रोग्राम अफिसर सरोज महतो बताउँछन्।

“डिजी स्कुल” का प्रवर्द्धक एन सि सि एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले “डिजी प्रोग्राम” बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताएका छन। यो कोर्ष पढ्ने बिद्यार्थीले एन सि सि एजुकेसन बेलायत बाटै प्रमाणपत्र पाउने नोर्टनको भनाइ छ।

यो कोर्समा आवद्ध उत्कृष्ट विद्यार्थीलाई एन सि सि एजुकेसन अन्तरगत अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतको देशमा “ग्लोवल एजुकेसन टुर” र “ग्लोवल आइटी कम्पिटिसन”मा सहभागी गराइने नोर्टनले जानकारी दिए।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणाली बाट गर्न सकिन्छ । कम्प्युटर सिस्टममा हरेक बिद्यार्थीको आआफ्नै लग इन हुन्छ जहाँ विद्यार्थीले गृहकार्य लिने/बुझाउने गर्न सक्छन् भने उनीहरुको प्रगति बिवरण शिक्षक र अभिभावकले चाहेको बेला सजिलै हेर्न सक्छ्न ।

आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन)ले समेत यो कोर्सलाई मान्यता दिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। “२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो” श्रेष्ठ थप्छन् “अब भने स्कुल देखि नै प्राबिधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई डिजी स्कुल सुरु गर्न हौस्यायो ।”

विद्यालयले सबै विद्यार्थीका लागि डिजी स्कुल सन्चालन गर्न चहे अत्यन्तै कम शुल्कमा कोर्सको अध्यापनको प्रवन्ध गर्ने बताइएको छ।

नेपालमा प्राबिधिक शिक्षाको बिकासका गर्न यस सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले सन २०१० देखी एन सि सि एजुकेसन बेलायत संग विभिन्न प्राबिधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ ।

लिङ्क:

https://youtu.be/3gGUbQNNLqg

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ