मल्लकी छोरीसँग प्रेमविवाह गर्न खोज्दा बिकको ज्यान गयो, भागेका ६ जना अझै बेपत्ता

मल्लकी छोरीसँग प्रेमविवाह गर्न खोज्दा बिकको ज्यान गयो, भागेका ६ जना अझै बेपत्ता

nabaraj bk

जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लबीच प्रेम थियो । उनीहरु विवाज गर्न राजी भए । जाजरकोटबाट अन्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकको अन्ततः ज्यान गएको छ । जाजरकोटबाट युवाहरुको समूह रुकुम पश्चिम पुगेका थिए ।

गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए । वडा नं. ८ का वडाध्यक्षसहितका गाउँले भेला भई विकसहितलाई आक्रमण गरी लखेट्दा उनीहरु भाग्दै भेरी नदीमा हाम फालेका थिए । तीमध्ये नवराज विकको मृत्यु भएको छ । अन्य ६ जना वेपत्ता छन् ।

प्रहरीका अनुसार घटनापछि वेपत्ता हुनेहरुमा भेरी नगरपालिका वडा नं. ४ का गणेश विक, वडा नं. ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम सुनार छन् । शनिबार बेहुली लिन भनी रुकुम पश्चिमको चौरजहारी पुगेका दलितहरुको समुहलाई स्थानीयले गैरदलितको छोरी नदिने भन्दै लखेटेका थिए । लखेट्ने क्रममा नवराज विक सहितको समुह भेरी नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।

लखेट्ने क्रममा एक जनाको मृत्यु भएपछि रुकुम प्रहरीले वडाध्यक्ष र केहि स्थानीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौरजहारी पश्चिम रुकुमका प्रहरी निरीक्षक धर्म विष्टका अनुसार वडाध्यक्ष डम्वरवहादुर मल्ल, नवराजकी प्रेमिका शुष्मा मल्ल, उनका बुबा वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ललाई पक्राउ गरेको छ ।

मृतक विकसँगै भागेका ६ जना युवाहरु अझैँसम्म सम्पर्कमा नआएका कारण उनीहरु भेरी नदीमा खसेर वेपत्ता भएको अनुमान गरिएको छ । जाजरकोटबाट गएकामध्ये अन्य १२ जना युवालाई भने चौरजहारी प्रहरीले नियन्त्रणमा लिएको छ । भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक र सोतीकी शुष्मा मल्ल बीचमा लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । उनीहरु बीचको अन्तरजातीय प्रेम सम्बन्ध रहेको शुष्माका आमा–बुवा पहिले नै जानकार थिए ।

आफुहरु बीचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न शुष्माकै आग्रहमा नवराजले १९ जना युवा लिएर जाजरकोटको खलंगाबाट शनिबार सोती पुगेका थिए । शुष्मालाई भगाउन आएको भन्दै गाउँलेहरुको सहयोगमा जाजरकोटका केटाहरुलाई कुटपिट गरिएको थियो भने चौरजहारी प्रहरीलाई खबर गरेर १२ जना युवालाई प्रक्राउ गराइएको थियो । कुटपिट हुँदै गर्दा ७ जना युवाहरु भागेका थिए ।

भागेका ७ जनामध्ये नवराज विक भेरी नदीमा डुबेर मृत अवस्थामा धल्ला पुल नजिकै फेला परेको थियो । शनिबार साँझ ७ बजेतिर उनको शव भेटिए पनि आइतबार बिहान मात्रै नदीबाट उनको शव निकालिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds