पोखरा । भारतबाट नेपाल आएका बाग्लुङका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले निशुल्क खाना खुवाएको छ ।
दुई दिनदेखि भोकै रहेका उनिहरुलाई पोखरा नेपाल युके फाउन्डेशनको सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराइएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।
चलचित्र पत्रकार संघ कास्कीका पुर्व सचिव सुशन घिमिरेले भारतबाट १६ नेपाली बाग्लुङ जान लागेको र उनिहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसङ्गै शनिबार चलचित्र पत्रकार संघले सिम्पानी पुगी खाना दिएको हो ।
“४ दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेउ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ । चलचित्र पत्रकार संघ कास्कीलाई धन्यवाद ।”, भारतबाट आएका एक नेपालीले भने ।
अध्यक्ष गिरीले उनिहरुलाई बागलुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्न सुझाए ।
उनले महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने बताए ।” हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ”, उनले भने ।
चलचित्र पत्रकार संघ कास्कीले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको थियो ।
सम्बन्धित खबर
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
बोलेरो जीप दुर्घटना, ३०० कुखुरा मरे
पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मानः रुपा र देवीले कुर्सी दिए
आगलागीबाट तीन लाख बराबरको क्षति
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन