पोखरा । अनलाइन सपिङ स्टोर ग्यापु मार्केटप्लेस र मेरो एग्रो प्रालिले करेसाबारी र कौसी खेतीबारे निशुल्क अनलाइन तालिम दिने भएका छन।
शुक्रबार दिउँसो चार बजे जुम मिटिङरुममा सुरु हुने तालिम सप्ताहिक रुपमा एक महिना सम्म चल्ने छ। तालिम ग्यापु मार्केटप्लेसको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिने छ।
इच्छुक जो कोहि तालिममा सहभागी हुन सक्नेछन्। जुम मिटिङको आइडी 857 0792 9547 र पासवर्ड agrogyapu रहेको छ।
तालिममा अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने मेरो एग्रो प्रालिका निर्देशक एस के श्रेष्ठले जानकारी दिए ।
तालिममा स्थानिय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने श्रेष्ठले बताए । भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिममा सिकाइने छ।
खेती गर्न इच्छुक तर बीउ र मल नहुने ग्राहकलाई घरैमा डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।
लकडाउनले गर्दा फुर्सदिला ब्याक्तीहरुलाई समय अनुसारको तरकारी खेती सम्बन्धि तालिम दिई बाँझो वारि र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको खड्काले बताए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने