दार्चुला । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेको झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खोसेका छन् ।
भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन ।
दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कुटिएका छन् । ‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ न्युज २४ सँग कुरा गर्दै जोशीले भन्नुभयो । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू खटिएको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’
हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको संकटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।
न्युज २४ बाट सभार
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु