सक्कली बोतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने पक्राउ

सक्कली बोतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने पक्राउ

madhira

विराटनगर – विभन्न ब्राण्डका मदिराका बोतलमा नक्कली स्टिकर र नक्कली मदिरा भरेर कारोबार गर्दै आएका विराटनगर–६ का श्रवण मुखियालाई प्रहरीले पक्राउ परेको हो।

मोरङ प्रहरीका अनुसार, विराटनगर ११ बसपार्क छेउको योजित प्रधानको घर भाडामा लिएर संचालन गरिएको न्यू डीएन ट्रेडर्समा छापा मारेर मदिरासहित मुखियालाई नियन्त्रणमा लिइएको हो। उनले विभिन्न नामका ५ सय ३० बोतलमा नक्कली मदिरा भरेर बिक्री–वितरण गर्दै आएका थिए ।

मुखियाले बिक्रीका लागि राखेका नक्कली मदिरा भरेर वाइन, वियर, ह्वीस्की र भोट्का बिक्रीका लागि तयार गरेका थिए ।

प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, सिग्नेचर ह्वीस्की दुई सय १० बोतल, फाइटर नामको मदिरा ८९ बोतल, रुस्लान भोट्का २६, बियर ७२ बोतललगायतका अन्य विभिन्न नामका मदिराका भरी बोतल बरामद गरिएको छ।

मुखियाले नक्कली मदिरा उत्पादन गरी कारोबार गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ