कालीमाटीका दुई जना प्रहरीमा कोरोना संक्रमण, डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखियो 

कालीमाटीका दुई जना प्रहरीमा कोरोना संक्रमण, डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखियो 

kalimati

काठमाडौं – कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ