पोखरा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा सोमबार पोखरा-२७ मा सृजनशिल युबा क्लबले रक्तदान कार्यक्रम गरेको छ ।
लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा-२७ उपशाखा सँगको सहकार्यमा सो संस्थाले सोमबार कार्यक्रम गरेको हो ।
पोखरा महानगरपालिका वडा न २७ खोलाडिलमा रहेको सिद्धश्वर मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छ्न ।
रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै र यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको क्लबका पुर्ब अध्यक्ष महेश अधिकारीले बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई धन्यवाद दिदै आउँदा दिनमा पनि सामाजिक कार्य गर्न तत्पर रहेको क्लबका अध्यक्ष निरोज लामिछानेले बताए ।
उक्त कार्यक्रममा क्लबका सल्लाहकार विश्वराज आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सचिब तिलकशाली सापकोटा, क्लब पुर्ब उपाध्यक्ष संकल्प सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने