तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुल्ने: फलफूल पसल पूर्ण बन्द, मूल्यसुची अनिवार्य

तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुल्ने: फलफूल पसल पूर्ण बन्द, मूल्यसुची अनिवार्य

Damauli LockDown Day1 Pic9

तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन नेपालमा पनि सरकारले गत चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ ।

आइतबार मात्रै फेरी थपेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ । सोही लकडाउन पुर्णरुपमा कार्यन्वयन गराउन तनहुँको व्यास नगरपालिकाले तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुलाउने निर्णय गरेको छ ।

सोमबार व्यास नगरपालिकाकी उपप्रमुख एवं बज़ार अनुगमन समितिकी संयोजक मिरा जोशीको संयोजकत्वमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले मंगबारदेखि लागु हुने गरि हप्ताको ४ दिन सोमबार, मंगलबार, बुधबार र बिहिबार दैनिक ११ बजेदेखि २ बजेसम्म ३ घण्टा मात्रै बजारमा खाद्यान्न, तरकारी, कृषि र निर्माण सम्बन्धि पसल खोल्न पाउने निर्णय गरेको छ ।

हप्ताको अन्य ३ दिन भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाकी उपप्रमुख एवं बज़ार अनुगमन समितिकी संयोजक मिरा जोशीले जानकारी दिईन ।

यसअघि नगरपालिकाले अत्यावाश्य खाद्यान्न सामाग्रीका लागि हरेक दिन बिहान ७ देखि १० बजेसम्म र निर्माण सामाग्री ढुवानीका लागि बेलुका ३ बजे ८ बजेसम्म खुला गरिएको थियो ।

त्यस्तै हाल तनहुँमा नै पर्याप्त मात्रामा तरकारी उत्पादन भईरहेको हुँदा विज्ञको सुझाव अनुसार कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट आउने तरकारी पुर्णरुपमा रोक लगाउने उक्त समितिको बैठकले निर्णय गरेको छ ।

प्रायजसो फलफुल बाहिरी जिल्ला तथा कोरोना संक्रमित क्षेत्रबाट आउने भएकाले सम्पुर्ण फलफुल पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको उपप्रमुख जोशीले जानकारी दिईन ।

बजारमा विक्रीवितरण हुने अत्यावश्यक वस्तुको अनावश्यक मूल्य वृद्धि गरि हरेक पसलमा फरक फरक मूल्य दर पाइएकाले समानको मूल्यमा एकरुपता कायम गराउन सम्पूर्ण पसलमा हरेक दिनको प्रत्येक समानको मूल्यसुची अनिवार्य राख्न लाउने र अनिगमना गर्ने र नियम विपरित पाइएमा कारबाही समेत गरिने व्यास नगरपालिकाद्वारा जारि गरिएको प्रेस विज्ञप्ति जनाइएको छ ।

कृषि उत्पादनका लागी किसानहरुलाई आत्यावश्यक मल, विउ विजन तथा किटनाशक औषधि सहज आपूर्ति हुने व्यवस्था मिलाउने उक्त बैठकले निर्णय गरेको छ ।

दमौलीमा कुन बैंक कुन बार खुल्छ ? (लिष्ट सहित)

तनहुँको दमौलीमा लकडाउन अवधिमा हप्तामा एकदिन मात्रै खुल्ने भएको छ । नेपाल बैंक र राष्ट्रिय सहकारी बैंक भने २ दिन खुल्नेछ । बिहान ११ बजे देखी दिनको २ बजेसम्म मात्रबैंक खुल्ला रहनेछन ।

तनहुँको दमौलीमा हप्ताको एक दिन मात्रै बैंक खुल्ने, औषधि पसल बाहेक सबै बन्द

(१) आइतबार :- माछापुच्छ्रे बैक, नबिल बैक, कामना बिकास बैक, मुक्तिनाथ बैक र प्रभु बैक
(२) सोमबार :- नेपाल बैक लिमिटेड, ग्लोबल आई एम इ, गण्डकी बिकास बैक, सानिमा बैक र एन आइ सी एसिया बैंक
(३) मंगलबार : -कुमारी बैक, एसबिआई बैक, लक्ष्मी बैक, सिद्धार्थ बैक, राष्ट्रिय सहकारी बैक र महालक्ष्मी बैक
(४) बुधबार :- राष्ट्रिय बाणिज्य बैक, एनएमबि बैक, प्राईम बैक र गरिमा बैक
(५) बिहिवार :- नेपाल बैक लिमिटेड, कृषि बिकास बैक, एनसिसी बैंक,बैक अफ काठमाडौ र साङग्रीला बैक
(६) शुक्रबार :- सनराईज बैक, नेपाल बाङ्लादेश बैक,सिभिल बैक,नेपाल ईन्भेस्टमेन्ट बैक र राष्ट्रिय सहकारी बैक

अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै दमौलीमा मान्छे ओसार्ने जिप तनहुँ प्रहरीको नियन्त्रणमा (भिडियो सहित)

तनहुँमा जिल्ला बाहिरबाट आलु प्याज ल्याउने ट्रक नियन्त्रणमा, दमौलीको गोदाम सिल

दमौलीमा जिल्ला बाहिरबाट तरकारी र फलफुल ल्याउने ५ जिप र ट्रक व्यास नगरप्रहरीको नियन्त्रणमा

कोरोना संक्रमित क्षेत्रबाट मदिरा र तरकारीसहित तनहुँको दमौली आएका ट्रक र भ्यान फिर्ता पठाइयो (भिडियो सहित)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds