कोरोना प्रभावित क्षेत्र वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका व्यक्तिलाई फिर्ता पठाइयो

कोरोना प्रभावित क्षेत्र वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका व्यक्तिलाई फिर्ता पठाइयो

Truck Nepal

फाइल तस्वीर

पोखरा । वीरगञ्जबाट पोखरा आएका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ । कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै पोखरा महानगरले वीरगञ्जनै फर्काएको हो ।

उक्त व्यक्ति पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ ।

वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा आएका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा सहचालक बताएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

गृहमन्त्रालयले नै सबै जिल्लाका सवारी पास रद्ध गरी लकडाउन कडाइ गरेकाले पोखरामा पुनः लकडाउनमा कडाइ भएको छ । पोखरा प्रवेश गर्ने विभिन्न नाकामा कडाइका साथ चेकजाँच गर्न थालिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds