डुंगा पल्टिँदा ४ वर्षीय बालकसहित ३ बेपत्ता

डुंगा पल्टिँदा ४ वर्षीय बालकसहित ३ बेपत्ता

karnali

कर्णाली – कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ।

लकडाउनको समयमा पुलहरु बन्द गरिएपछि लुकिछिपी डुंगा तरेर वारपार गर्ने गरिएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी पन्तले डुंगा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका–२ का १० वर्षीय हिरु विक, मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षका छोरा धनबहादुर विक बेपत्ता भएको जानकारी दिए।

एसपी पन्तले नदीमा पल्टिएको डुंगाका चालक भने पौडी खेलेर बाँच्न सफल भएको खबर आएको बताए। डुंगामा कति जना सवार थिए भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds