विराटनगर – विराटनगरमा ‘मर्निङ वाक’ निस्किएकी बालिका बलात्कृत भएकी छिन्। शनिबार बिहान विराटनगर महानगरपालिका–५ की १४ वर्षीया बालिका घरनजिकै सडकमा हिडिरहेका बेला बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
विराटनगर–४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी(पाल)ले बालिकालाई अपहरण शैलीमा सडकबाट उठाएर करिब सय मिटर पर रहेको मकै बारीमा लगी बलात्कार गरेको डीएसपी राईले जानकारी दिए।
पीडितलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार सधैंझैं दुई बालिका बिहान ‘मर्निङ वाक’मा निस्किएका थिए। त्यही बेला बाटोमा भेटिएका वीरेनले एक जनालाई उठाउँदै काँधमा हालेर अलि पर पुर्याएर बलात्कार गरेका थिए। कब्जामा लिएर ज्यान मार्ने धम्की दिँदै मुख थुनेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन्।
सँगै हिँडिरहेकी साथीलाई उठाएर लगेपछि आत्तिएकी अर्की बालिका चिच्याउँदै घर गएर अभिभावक र छिमेकीलाई घटनाका बारेमा सुनाएकी थिइन्। त्यसपछि बालिकाका अभिभावक र स्थानीय घटनास्थलतर्फ लागेका थिए। बलात्कार गरेपछि बालिकालाई छाडेर भागेका वीरेनलाई स्थानीयले लखेट्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। प्रहरीले पीडकविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको जनाएको छ।
बालिका बलात्कार गर्ने वीरेनका आफन्तले घटनास्थलको मुचुल्का उठाउन प्रहरीलाई अवरोधको प्रयास गरेका थिए। उनीहरुले पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयास समेत गरेको डीएसपीले बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु