पर्सामा कोरोना संक्रमित भागे गोली हान्न सक्ने आदेशबाट पछि हट्यो जिल्ला प्रशासन

पर्सामा कोरोना संक्रमित भागे गोली हान्न सक्ने आदेशबाट पछि हट्यो जिल्ला प्रशासन

gun

पर्सा । अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित भागेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन पर्सामा सुरक्षा निकायलाई गोलीसमेत चलाउन दिइएको अधिकार फिर्ता लिइएको छ ।

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो अधिकारी दिएको थियो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित व्यक्ति शौचालयन जाने बहानामा शौचालयको भेन्टिलेसन फोरेर भागेका थिए ।

सो घटनापछि अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिालाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरिएको बताइएको थियो ।

तर, उक्त निर्णयलाई संशोधन गरेर ‘यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरिएको’ हटाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ