थप ९ जनामा कोरोना संक्रमण: दाङमा पनि देखियो संक्रमण, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण: दाङमा पनि देखियो संक्रमण, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

Corona Positive Kit

पोखरा । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds