चीनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको थाहा पाउँदा स्तब्ध भएका छन् ।नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए परीक्षणका क्रममा यो कुरा थाहा पाएका हुन् ।
डीएनए परीक्षणको नतिजा हेर्दा पो ती पुरुषले थाहा पाए, उनकी पत्नीले अर्कै पुरुषसँग पनि यौन सम्बन्ध बनाएकी रहिछन् । डीएनए रिपोर्ट तयार पार्ने देङ याजुनले एक करोड केसमध्ये एकजनामा यस्तो हुने सम्भावना रहन्छ भनिन् ।
‘पहिलो, आमाले एकको साटो दुईवटा अण्डा एउटै महिनामा निकाल्दा जुम्ल्याहा जन्मिन्छन्,’ देङले चाइना न्युज वीक्लीलाई बताइन् । ‘दोस्रो, महिलाले दुई पुरुषसँग निकै छोटो समयान्तरमा यौन गर्दा यस्तो स्थिति आउँछ ।’
‘डीएनए परीक्षण नतिजाले के देखाउँछ भने जुम्ल्याहाहरूकी आमा त एकै हुन् तर बाउ फरकफरक हुन् । कम्तीमा दुई बाउ छन्,’ देङले भनिन् ।
दुई फरक बाउबाट जन्मिएका जुम्ल्याहा अत्यन्तै दुर्लभ हुन्छन् र यस्तो स्थितिलाई अंग्रेजीमा हेटेरोपेटर्नल सुपरफिकन्डेसन भनिन्छ । दुवै अण्डा सेचन हुनका लागि महिलाले ओभुलेसनको एक दिनअघि वा पछि दुई फरक पुरुषसँग यौन सम्पर्क गरेको हुनुपर्छ ।
पतिलाई आफ्नो एउटो छोरो किन आफू जस्तो देखिँदैन भनी आश्चर्य लागेको थियो । डीएनए रिपोर्ट पढेपछि पति बेस्सरी रिसाए अनि पत्नीलाई के हो कुराु भनी सोधे । पत्नीले शुरूमा त आफ्नो विवाहेतर सम्बन्ध नरहेको बताइन् अनि नतिजा बदलेको आरोप पतिमाथि लगाइन् ।
तर पतिले खोर्याएर सोध्दा पत्नीले अर्को पुरुषसँग एक रातका लागि सुतेको स्वीकार गरिन् । आफ्नो छोरोलाई हुर्काउने तर अर्काबाट जन्मेको छोरोलाई नहुर्काउने अड्डी पतिले लिइरहेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो