बिहानै थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४५ पुग्यो

बिहानै थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं । नेपालमा बिहान मात्रै थप २ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको जम्मा संख्या २४५ पुगेको छ । कपिलवस्तु र काठमाडौंका दुई जनामा संक्रमण भएको पुष्टि भएको हो ।

कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

झुक्कियो स्वास्थ्य मन्त्रालय, नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै

झुक्कियो स्वास्थ्य मन्त्रालय, नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि कोरोना संक्रमितको संख्या २५० पुगेको भन्दै विज्ञप्ति जारी गरेको मन्त्रालयले पुनस् विज्ञप्ति जारी गर्दै प्राविधिक गल्ति भएको स्वीकार गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या कति भन्नेमा स्वास्थ्य मन्त्रालय आफैं अन्योलमा रहेको छ ।

यसअघि आज मात्र ७ जनामा कोरोना संक्रमण देखिएको भनेर विज्ञप्ति जारी गरेको मन्त्रालयले अहिले भने आफैंले जारी गरेको विज्ञप्ति सच्याउँदै २४५ नै कायम रहेको बताएको हो ।

(यसअघि स्वास्थ्य मन्त्रालयले जारि गरेको प्रेस विज्ञप्ति अनुसार थप ७ जना सहित कुल संक्रमित २५० भनिएको समाचार सच्याइएको छ । -सम्पादक)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ