सुत्केरीसहित ६ जना सवार एम्बुलेन्स खोलामा खस्यो !

सुत्केरीसहित ६ जना सवार एम्बुलेन्स खोलामा खस्यो !

AMBULENCE

नेपालगञ्ज – बाँकेमा सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खसेको छ । मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर पूर्वतिर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर–१२ स्थित रोहिणी खोलामा खसेको हो ।

एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको छ । एम्बुलेन्समा चार दिने सुत्केरी प्रमिला परियार, चार दिने छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र साहु गरी ६ जना सवार रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

दुर्घटनामा परेका सबै जना घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ