काठमाडौं । मंगलबार अबेर आएको खवरले राजधानीबासिको निन्द्रा एका–एक खलबलाई दिएको छ । राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो ।
उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । स्रोतका अनुसार ३३ वर्षिया महिला ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएकी थिइन् । ती महिला नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।
अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी २५ वर्षिया महिला सुनसरीबाट बैशाख २९ गते मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन्। काठमाडौं आइसकेपछि उनी भक्तपुरस्थित ठिमीमा साथीको कोठामा बसेकी थिइन् ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष हुन् ।उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ । उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड(१९ पुष्टि भएको हो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते