नेविसंघ कास्कीले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

नेविसंघ कास्कीले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

Nebi sangha Kaski Gyapan patra

पोखरा । नेपाली भुमिमा भारतले सडक बनाएको विरोधमा नेबिसंघले सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडको विरोधमा नेविसंघ कास्कीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष बिकास थापा, सचिव संघर्श कोइराला निवर्तमान केन्द्रीय सदस्य हेमन्त पाण्डे, कास्की ने.वि.संघका नेता निरोज लामिछाने, टेनिस श्रेष्ठ, सुसान त्रिपाठी, बिपिन पौडेल लगाएका विद्यार्थी नेताहरुको उपस्थितिमा कास्कीका प्रमुख जिल्ला अधिकारि ज्ञान प्रसाद ढकाल लाई ज्ञापनपत्र बुझाएका थिए ।

नेबिसंघ केन्द्रिय समितिले सबै जिल्लाहरुलाई दिएको निर्देशन अनुसार मंगलबार देशै भरिका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघका नेताहरुले बताएका छन ।

ने बि संघ केन्द्रिय कार्यक्रम अन्तरगत भारतिय बिस्तारवाद र नेपाल सरकारको लम्पसारवाद को विरुद्धमा नेपाल बिद्यार्थी संघ कास्कीले पनि ज्ञापन पत्र बुझाएको नेविसंघ कास्की जिल्लाका निर्वमान सचिव संघर्श कोइरालाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ