कपिलवस्तु – कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि जिल्लालाई सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सुरक्षा समितिको बैठकबाट आज साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए।
यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन्। जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको प्रजिअ पौडेलले बताए । खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ।
जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु