पोखरा । नेपाली युवा दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ अमेरिकन आइडलको टप ७ मा पुगेका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ । निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।
यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ । मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ । र सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो । यो यात्रामा रमाउ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ ।’
यस्तै अर्की निर्णायक केटी पेरीले ठट्टा गर्दै भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तिनकुने टिस्यू तयार पारेर राखेकी छु किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु ।’
उनले आर्थरको तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ । तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ । वाउ ।’
दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।
यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाएका छन् । यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन् ।
आर्थरलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ । फिनालेमा दिवेसलाई पुर्याउनका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । दिवेशलाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा अमेरिकन आइडलको अफिसियल साइटमा गएर भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।
https://youtu.be/rZXEVkJtm1A
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते