फेसबुकबाट अश्लिल सामग्री पठाई युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक पक्राउ

फेसबुकबाट अश्लिल सामग्री पठाई युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक पक्राउ

facebook misssuse

कैलाली । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरकी एक युवतीको फेसबुकबाट आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक प्रक्राउ परेका छन्।

घटनामा संलग्न कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय सन्तराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

१९ वर्षिया लक्ष्मी देउवाको फेसबुक आइडीबाट निजका आफन्त तथा साथीहरुलाई ती युवकले अश्लिल भिडियो तथा फोटो पठाई चरित्र हत्या गरेका कारण लक्ष्मीले आत्महत्या गरेको सूचना प्रहरीसमक्ष आएको थियो।

धनगढी उपमहानगरपालिका वडा नम्वर ६ जालीस्थित सुकुटी नालामा झुण्डिएर लक्ष्मीले हिजो आत्महत्या गरेकी थिइन्। घटनाको अनुसन्धानका क्रमममा उक्त अश्लिल भिडियो, फोटाे र फेसबुक आइडी लगईन अवस्थामा चौधरीलाई फेला पारिएको र मोबाइल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी दक्ष कुमार बस्नेतले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds