काँचो बेसार र दुध मतलब बेसारयुक्त दुध , यो ‘टर्मरिक लाटे’ नामले पनि निकै प्रचलित पनि छ । बेसारयुक्त दुध पिउनाले थुप्रै फाइदा हुने गर्दछ । निन्द्रा राम्रो लाग्नुको साथै रोग प्रतिरक्षात्मक शक्ति पनि बढाउछ र स्वास्थ्यलाई फाइदा हुन्छ । यसमा सहि मात्रामा बेसारको प्रयोग हुनुपर्दछ , राम्रो संग उपयोग गर्न जान्यो भने मात्र बेसारको जादु चल्दछ ।
सहि मात्रामा सेवन नगर्दा बेसारले शरीरलाई नकारात्मक असर पनि पर्ने हुन्छ । बेसारयुक्त दुध कतिपय रोगको लागि नराम्रो पनि हुन सक्छ । शारिर सुन्निएको घटाउन, इम्यूनिटी बढाउन , मुटु रोग र डायबिटीजसंग लड्नको लागि पनि सहयोग गर्छ ।
बेसारयुक्त दुधका फाइदाहरु :
बेसरमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, यो करक्यूमिन एन्टीअक्सिडेन्ट गुणले भरिएको हुन्छ । एन्टिअक्सिडेन्टले शरीरलाई हानि हुनबाट बचाउने काम गर्दछ । बेसारमा भएको गुणले काम गर्नको लागि, बेसरको सहि अनुपात र पिउने समयमा ध्यान दिनुपर्छ । बेसरलाई सहि मात्रामा सेवन गर्नुपर्दछ, कम वा अधिक भयो भने स्वास्थ्यलाई नकारात्मक प्रभाव पर्न सक्छ ।
बेसार धेरै सेवन गर्दा पेट पोल्ने, भारीपन अनुभव हुने र शारिरमा हुने आइरनको स्तरलाई पनि बिगार्ने काम गर्दछ, त्यसैले बेसारलाई पूर्णप्राकृतिक रुपमा सेवन गर्नुपर्छ । बिहान खाली पेटमा पानीसंग करक्यूमिनको गोली खादैमा या आफ्नो आहारमा जथाभावी मात्रामा बेसार मिलाउदा यसले फाइदा गर्दैन ।
बेसार युक्त दुध शारीरिक चोटपटकलाई छिट्टै निको हुन सहयोग गर्छ । निन्द्रा राम्रो संग नलाग्ने तथा सुत्न समस्या हुने व्यक्तिलाई राति सुत्ने समयमा एक कप बेसारयुक्त दुध पिउदा फाइदा हुन्छ । यसले आरामदायी निन्द्रा प्रदान गर्छ ।
बेसारले शारिरको प्रतिरक्षा बढाउने काम गर्छ जसले गर्दा रुघा, खोकी वा फ्लु जस्तो मौसम परिवर्तनको कारणले हुने बिरामीबाट बचाउन सहयोग गर्छ । रति सुत्नु भन्दा पहिले बेसर दुध पिउँदा शारिरको हर्मोनल सन्तुलनमा सुधार हुन्छ जसले गर्दा अनुहारको छालाको समस्या कम हुन्छ । शरीरको तौल घटाउन, छालाको समस्या हटाउन साथै मधुमेहको बिरामीको लागि पनि बेसारको चियाले फाइदा गर्छ ।
कसरी बनाउने बेसार युक्त दुध :
एक कप दुधलाई राम्रो संग उभाल्ने र स्वादको लागि एक चिम्टी बेसार र थोरै चिनी वा सख्खर मिसाउने र सुत्नुभन्दा केहि क्षण अगाडी यसलाई तातोतातो पिउने ।
यदि मधुमेह, मुटु रोग वा हाडको जोर्नीको समस्या छ भने त्यसमा सानो टुक्रा जाइफल पनि मिसाउदा हुन्छ । थायरोइडको समस्या छ भने काजु मिसाउने र राति निन्द्रामा एठनको समस्या हुन्छ भने पनि यसले सहयोग गर्छ ।
शरीरमा उर्जा कम भएको अनुभव हुन्छ र आफ्नो त्वचामा पनि समस्या छ भने यसले सहयोग गर्छ । दुधमा बेसार संगै कालो मरिच राखेर पिउदा घाँटीमा संक्रमण भएको पनि निको हुन्छ ।
यदि ल्याक्टोज इनटोलरेन्सको समस्या छ भने बोटमिल्क वा बेसारलाई बेलुकाको समयमा नरिवल वा सख्खरसंग पनि सेवन गर्न मिल्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते