वैशाखभित्रै पोखराका विद्यालयको नतिजा आउने !

वैशाखभित्रै पोखराका विद्यालयको नतिजा आउने !

school

पोखरा । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङद्वारा हस्ताक्षरित सूचनामा वैशाखभित्र नतिजा निकाल्न निर्देशन दिइएको छ। कोरोना भाइरसको महामारी रोक्न घोषित लकडाउनकै बेला पनि केही विद्यालयले भने नजिता निकालिसकेका छन्।

महानगरपालिकाको सूचनाअघि नै कतिपय विद्यालयले नजिता निकालेका हुन्। ती विद्यालयले अनलाइनमार्फत विद्यार्थी र अभिभावकलाई नतिजा सूचित गरेका छन्।  ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावकमा अन्योल सिर्जना भएका’, गुरुङले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड प्रतिकुल नहुने गरी २०७६ सालको वार्षिक परीक्षाको परीक्षाफल वैशाखभित्र प्रकाशित गरी विद्यार्थी र अभिभावकलाई जानकारी गराउन सम्पूर्ण विद्यालयलाई अनुरोध छ।’

महानगरपालिका आफैंले भने कक्षा ८ को पालिका स्तरीय परीक्षाको नतिजा २९ वैशाखमा सार्वजनिक गर्ने जनाएको छ। महानगरपालिकाले नयाँ भर्ना भने नगर्न निर्देशन गरेको छ। २२ वैशाखको मन्त्रिस्तरीय निर्णयानुसार अर्को सूचना नभएसम्म नयाँ भर्ना नगर्न महानगरले भनेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds