धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

dhading besi

धादिङ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र धादिङको शुक्रबार बसेको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागु गर्दै धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णतस् निषेध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेँसीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने दुई नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।

यसैगरी सवारी सञ्चालन पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गरिने निर्णय समेत गरेको छ । खाद्यान्न, औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ