एजेन्सी । मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो ।
प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको हो ।
हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोली कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ ।
‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प्रयोगशालामा सार्स–कोभ–२ (SARS-Cov-2) को अध्ययन गर्दा त्यसलाई सार्स र एचफाइफएनवान (H5N1) सँग तुलना गरेका थियौँ । हामीले सार्सको तुलनामा कोरोनाभाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौँ,’ डा. चानले भने ।
‘यसले कोभिड–१९ सार्सभन्दा किन यति चाँडो फैलियो भन्ने प्रश्नको उत्तर पनि दिन्छ । यो अध्ययनले कोरोनाभाइरसको संक्रमण फैलिनुमा आँखामा पनि प्रमुख माध्यम रहेको देखाउँछ,’ डा. चानले भने ।
यसअघि, विश्वविद्यालयका शोधकर्ताहरुले प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस ७ दिनसम्म बाँच्न सक्ने देखाएको थियो । यो अध्ययनले कोरानाभाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः स्थापित गर्दछ ।
‘हङकङमा महामारी नियन्त्रणमा रहे पनि विश्वका अन्य भागमा यो फैलिने क्रममा रहेको छ । हामीले अहिले नै नियन्त्रणका उपायहरुलाई खुकुलो पार्न हुँदैन,’ डा. चानको भनाइ छ ।
स्वास्थ्य अधिकारीहरुले चस्माबिना एन९५ मास्क र पीपीई मात्र लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सक्छन् भन्ने मान्यतालाई पनि यो अध्ययनले चुनौति दिएको छ ।
यसअघि, गत जनवरीमा पेकिङ विश्वविद्यालयका श्वासप्रश्वास सम्बन्धी रोगबारेका विज्ञ वाङ गुआङ फालाई ऊहानबाट बेइजिङ फर्किएपछि कन्जङ्क्टिभाइटिस भएको ३ घण्टामा ज्वरो आएको थियो । पछि परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिपछि आँखाबाट यो सरेको हुन सक्ने आशंका गरिएको थियो ।
गत डिसेम्बरको अन्त्यमा चिनियाँ सहर ऊहानमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । बिहीबारसम्म यो महामारीबाट विश्वभर ३७ लाखभन्दा बढी संक्रमित बनिसकेका छन् भने २ लाख ६४ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।
स्रोत : साउथ चाइना मोर्निङ पोष्ट
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी