एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ३७,८१,३८२ १३,०३,१६१ २,६५,०९८
१. युरोप १५,२४,९७६ ५,९६,३३३ १,४६,६४१
२. उत्तर अमेरिका १३,७८,१४३ २,६४,६०४ ८२,६५०
३. एसिया ६,०४,१३५ ३,२७,४७१ २०,८२९
४. दक्षिण अमेरिका २,५१,६९५ ८८,३५४ १२,८३०
५. अफ्रिका ५२,७१३ १८,२९५ २,०१५
६. ओसेनिया(अस्ट्रेलिया) ८,४८७ ७,४६७ ११८
दक्षिण एसियाली मुलुकहरु
१. भारत ५३,०४५ १५,३३१ १,७८७
२. पाकिस्तान २४,०७३ ६,४६४ ५६४
३. बंगलादेश ११,७१९ १,४०३ १८६
४. अफगानिस्तान ३,३९२ ४५८ १०४
५. श्रीलंका ७९७ २१५ ९
६. माल्दिभ्स ६१७ २० २
७. नेपाल ९९ २२ –
८. भुटान ७ ५ –
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी