काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो ।
यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालय प्रवक्ता डा.देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते