काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ ।
सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।
विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको छ ।
साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने बताइएको छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।
पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले वुहानले पनि बुधबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
यसअघि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो । बुधबार बुहानमा ५७ हजार आठ सय विद्यार्थीहरु विद्यालय फर्किने बताइएको छ । एक सय २१ विद्यालयहरु खुल्नेछन् ।
बुधबार चीनमा केवल दुई नयाँ संक्रमित फेला परेका छन् । यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८८३ पुगेको छ ।
साथै यसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३३ पुगेको छ । चीनमा अब तीन सय ५० भन्दा पनि कम बिरामी बाँकी निको हुन बाँकी छन् । जसमध्ये २६ जनाको अवस्था गम्भीर छ ।
यद्यपि चीनको तथ्यांकमा भने विभिन्न किसिमको आशंका व्यक्त गरिँदै आएको छ । विशेषगरी अमेरिकाले चीनले वास्तविक संख्या लुकाइरहेको बताउँदै आएको छ ।
स्रोत : बीबीसी
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते