पोखरा । जापानमा कोरोना भाइरस (कोभिड–१९) को कारण घोषणा गरिएको आपतकालीन अवस्था मे ३१ सम्म लम्ब्याइएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको आपतकालीन अवस्था मे महिनाभर जारी रहने घोषणा गरेका हुन् ।
हाल लगाइएको संकटकाल मे ७ अर्थात आउँदो बिहीबार सकिँदैछ । त्यसपछि थप २१ दिनका लागि संकटकाल थपिएको हो ।
प्रधानमन्त्री आबेले कोरोना भाइरस नियन्त्रणको लागि बनाइएको सरकारी कार्यदलसँगको बैठकपछि मे महिनाभर आपतकाल जारी राख्ने घोषणा गरेका हुन् । बैठकले कोरोना भाइरस नियन्त्रणको लागि जापानमा आपतकाल जारी राख्नु जरुरी रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री आबेले अहिले लम्ब्याइएको लकडाउनको अवधिमा मुलुकमा आपतकाल अन्त्य गर्न चालिने आगामी कदमबारे तयारी गरिने बताएका छन् । उनले सबै मानिसलाई भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म जापानमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या १४ हजार आठ सय ७७ पुगेको छ भने चार सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
स्रोत : क्योदो न्युज
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते