इटली, फ्रान्स र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको दर घट्यो, लकडाउन खुल्दै

इटली, फ्रान्स र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको दर घट्यो, लकडाउन खुल्दै

Itally covid19

एजेन्सी । फ्रान्स, इटली र स्पेनमा दैनिक रुपमा मृत्यु हुनेको दर घट्न थालेको छ । फ्रान्समा आइतबार १ सय ३५ ले ज्यान गुमाए, स्पेनमा मध्य मार्चयताकै सबैभन्दा कम १ सय ६४ र इटलीमा दुई महिनायताकै कम १ सय ७४ जनाले ज्यान गुमाए ।

यता, रुसमा भाइरस थप फैलिरहेको छ र १० हजार नयाँ व्यक्तिमा संक्रमण देखिएको छ । यद्यपी, रुमको मृत्युदर अन्य देशको दाँजोमा निकै कम छ । रुसमा आइतबार ५८ जनाको मृत्यु भयो र कुल संख्या १ हजार २ सय ८० पुग्यो । यहाँ, १ लाख ३४ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।

बेलायतमा आइतबार थप ३ सय १५ जनाको मृत्यु भएको छ । यहाँ, कुल २८ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ । अमेरिका र इटलीपछि बेलायत धेरै व्यक्तिको मृत्यु हुनेमा तेस्रो स्थानमा छ ।

विश्वभर झन्डै ३५ लाखमा संक्रमण देखिएको पुष्टि भइसकेको छ र २ लाख ५० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा के हुँदैछ ?

आइतबार स्पेनमा १ सय ६४ जनाको मृत्यु भयो र यो मध्य मार्चयताकै सबैभन्दा कम मृतक संख्या हो । शनिबार ७ सातापछि पहिलोपटक वयस्कहरुलाई व्यायाम र घुम्नका लागि बिहान बाहिर निस्कन दिइएको थियो । एक साताअघि १४ वर्षमुनीका बालबालिकाका लागि लकडाउन खुला गरिएको थियो ।

सोमबार सार्वजनिक यातायतमा मास्क अनिवार्य हुनेछ र केही सैलुनलगायत केही साना व्यवसाय पनि खुला हुनेछन् ।

इटलीमा के हुँदैछ ?

दुई महिनाअघि लकडाउन सुरु भएको थियो । त्यसयता, इटलीमा कोरोना भाइरससँग सम्बन्धित मृत्यु बल्ल घटेको छ । नयाँ संक्रमित र आईसीयुमा भर्ना हुनेको संख्या घट्दैछ ।

यहाँ पनि आजबाट लकडाउन खुकुलो हुँदैछ । सामाजिक दूरी कायम राखेर इटालियनहरु व्यायामका लागि निस्कन पाउनेछन् । उनीह आफ्नो क्षेत्रमा रहेका आफन्तको घर पनि जान पाउनेछन्, तर साथीभाई भेट्न पाउनेछैनन् ।

विद्यालय, सिनेमा हल र अधिकांश पसल अझै बन्द हुनेछन् । जुनदेखि बार र रेस्टुरेन्ट खोल्ने तयारी गरिएको छ ।

इटलीमा २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । यसभन्दा धेरै मृत्यु अमेरिकामा मात्रै भएको छ, जहाँ ६८ हजारले ज्यान गुमाइसकेका छन् । बेलायतमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार १ सय र फ्रान्समा २४ हजार ७ सय २९ जनाको मृत्यु भइसक्यो ।

फ्रान्समा के हुँदैछ ?

फ्रान्समा दैनिक मृतकको संख्या मार्चयताकै कम भएको छ । फ्रान्सको पेरिस क्षेत्रस्थित इन्टेन्सिभ केयर प्रमुख वाइभेस कोहेनले दिएको जानकारीअनुसार डिसेम्बर २७ मै फ्रान्समा कोरोना देखिएको थियो ।

जबकी, यसको एक महिनापछि मात्रै फ्रान्समा पहिलो संक्रमण भेटिएको पुष्टि गरिएको थियो । कोहेनका अनुसार डिसेम्बर र जनवरीमा स्वास प्रश्वास सम्बन्धी समस्या देखिएका २४ बिरामीको फ्लु र अन्य कोरोना भाइरस परीक्षण गरिएको थियो, नतिजा नेगेटिभ नतिजा आयो ।

यी २४ बिरामीमा निरन्तर निगरानी गरिएको र त्यसक्रममा एक बिरामीमा २७ डिसेम्बरमै कोभीड–१९ पोजेटिभ देखिएको पुष्टि भएको उनले बताए । ‘यी २४ बिरामीमध्ये एकजनाको कोभीड–१९ पोजेटिभ २७ डिसेम्बरमै आयो । नतिजा पुष्टि गर्नका लागि धेरैपटक परीक्षण गरियो ।’

फ्रान्सले ११ मेदेखि लकडाउन खोल्ने योजना बनाएको छ । विद्यार्थीहरु चरण चरणमा गरेर विद्यालय फर्कनेछन्, केही व्यापार खुल्नेछन् र मानिसलाई आफ्नो घरबाट १ सय किलोमिटर परसम्म घुम्न दिइनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds