काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएकाे छ ।
दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो ।
दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको बताएको छ । जवाफमा दक्षिण कोरियाले पनि दुई राउण्ड जवाफी फायरिङ्ग गरेको थियो ।
अहिलेसम्म उत्तर कोरियाले किन गोली प्रहार ग¥यो भन्ने खुलेको छैन । अधिकारीहरूले उत्तर कोरियाली सेनासँग सम्पर्क गरेर गोली प्रहारको कारणबारे बुझ्ने प्रयास गरिरहेको जनाइएको छ ।
पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरियामाथि पहिलोपटक गोली प्रहार गरेको हो । पछिल्लो दुई वर्षयता उत्तर र दक्षिण कोरियाबीचमा सीमा क्षेत्रमा शान्ति स्थापनाको प्रयास भइरहेको छ ।
सन् २०१८ मा उत्तर कोरियाको प्योंगयोङमा भएको सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनको बीचमा भएको सम्झौतामा सीमाक्षेत्रमा सैन्य तनाव कम गर्दै लैजाने उल्लेख गरिएको थियो ।
उत्तर कोरियाली नेता किम जोन उन लामो समयपछि सार्वजनिक रूपमा देखिएको एक दिनपछि नै उत्तर कोरियाले दक्षिण कोरियामा गोली प्रहार गरेको हो । स्रोत : बीबीसी
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते