लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘द गार्जियन’ले उल्लेख गरेको छ । त्यस्तै गएको २४ घन्टामा ४ हजार ८ सय ६ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म बेलायतमा ११ लाख २९ हजार ९ सय ७ जनामा कोरोना परिक्षण गरिसकिएको छ । सरकारले गरेको घोषणा अनुरुप हिजोमात्र बेलायतमा १ लाख ५ हजार ९ सय ३७ जानामा कोरोनाको परीक्षण गरिएको थियो बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनामा कोरोना पोजिटिभ देखिएको छ ।
अहिलेसम्म अस्पतालमा कोरोनाबाट संक्रमित १४ हजार ६ सय ९५ जना अस्पतालमा उपचारार्थ रहेका छन् ।
कोरोनाको संक्रमणबाट बेलायतमा मात्र तीन दर्जनभन्दा बढी गैरआवासीय नेपालीहरुको मृत्यु भएको अनुमान गरिएको छ । जसमध्ये आधाजस्तो पूर्व गोर्खा सैनिकहरु रहेका छन् । कोरोनाको संक्रमणबाट विश्वभर हालसम्म २ लाख ४० हाजारभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।
सबैभन्दा बढी मृत्यु हुने मुलुकमा रहेको छ भने इटाली दोस्रो स्थानमा रहेको छ ।
अहिलेसम्म तेस्रो स्थानमा रहेको बेलायतको मृतक संख्या इअतालिको हाराहारीमा रहेको छ । यसरी हेर्दा विश्वभरिमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा र युरोपमा पहिलो स्थानमा हुने निश्चित छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने