काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।
माधव नेपालनिवास कोटेश्वरमा शुक्रबार प्रचण्ड र नेपाललाई साक्षी राखेर भएको छलफलमा एक दर्जन स्थायी कमिटी सदस्यहरुले बैठकबाट कोही पनि भाग्न नपाउने र बैठकमा आउँदिनँ भन्न नपाइने दबाव दिएका थिए ।
केपी ओली पक्षले स्थायी कमिटीको बैठक टार्न खोज्ने र प्रचण्ड–माधव पक्षले बैठक गराउन खोज्ने रस्साकसीकै वीचमा ओली समूह एक कदम पछाडि हटेको छ । शनिबार सचिवालय बैठक बस्नुपूर्वसम्म ओली पक्षका नेताहरु स्थायी कमिटीको बैठक टार्ने पक्षमा थिए ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु