अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे ।
ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।
बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’
उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए ।
उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।’
सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो ।
अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने