काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो ।
मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।
बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताए । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।
यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो । तर, बैठक बसिरहेको बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि अब अध्यादेशमा छलफल गर्नुको औचित्य नभएको भन्दै नेताहरु उठेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु