परासी । मस्जिद–मदरसा जिल्लास्तरीय अनुगमन समितिले पश्चिम नवलपरासीको विभिन्न मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले पहिलो दिन जिल्लाको पाल्हीनन्दन गाउँपालिका पर्ने १४ वटा मस्जिद मदरसाहरुको अनुगम गरेको हो ।
अनुगमन गर्दा मस्जिद र मदरसाहरुमा तबलिगी जमात वा कोही पनि अपरिचित व्यक्तिहरु लुकेर बसेका छन् कि छैनन्, मुस्लिम समुदायले सामाजिक दुरी कायम गरे–नगरेको र लकडाउनको पालना गरे–नगरको पनि निगरानी गरिएको समिति संयोजक भेषबहादुर खरेलले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण नेपालमा पनि फैलिदै जाँदा मस्जिद मदरसाहरुमा तबलिगी जमातहरु लुकेर बस्ने र उनीहरुबाट समुदाय समेतमा संक्रमण फैलिएको खरबहरु बाहिर आउन थालेपछि मुस्लिम आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्ने र लुकेर बस्ने तबलिगी जमात वा अपरिचित व्यक्तिहरुलाई स्थानीय प्रशासनको समन्वयमा क्वारेन्टाइनमा पठाउने उद्देश्य अनुरुप यस जिल्लामा अनुगमन भैरहेको बताइएको छ । मदरसाहरुमा पठन पाठन गराउने भारतीय मौलाना विद्यार्थीहरु लकडाउन भएदेखि नै घर फर्किसकेको र हाल मदरसाहरु पनि बन्द रहेको पाइएको छ । समितिले जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुको रोहबरमा मस्जिद मदरसाहरुको अनुगमन गरिरहेको जनाएको छ ।
पहिलो दिन समितिले जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुर, कुश्मा, हरपुर, सुनरी, रमपुरवाँ, लोहरौली, भगतपुरवाँ, गेरमी, चमनटोला र पडरि लगायतका मस्जिद मदरसाहरुको अनुगमन गरेको छ ।
अनुगमन गर्दा ती मस्जिद, मदरसाहरुमा कुनै पनि व्यक्ति लुकेर नबसेको र लकडाउन भएदेखि मदरसाहरु पुर्ण रुपले बन्द गरिएको र यस पवित्र रमजान महिनामा मस्जिदहरुमा सामुहिक नमाज नपढन आग्रह, लकडाउनको पुर्ण पाल्ना गर्न समितिले आग्रह समेत गरेको छ ।
जिल्लामा करिब ५० वटा मदरसा र ५५ वटा मस्जिदहरु छन् । समितिले पालैपालो ति सबै मस्जिद र मदरसाहरुको अनुगमन गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला