चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।
ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
डिस्चार्ज भए पनि ती युवक केही दिन भने अस्पतालमै बस्ने छन् । उनकी कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा राखेको अस्पतालले जनाएको छ ।
उनलाई अलग्गै कोठामा बस्ने व्यवस्था मिलाइएको मेसु डाक्टर तिवारीले जानकारी दिए ।
भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ ।
त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने अस्पतालले जनाएको छ ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा–छोराको ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौं टेकुमा गरिएको पीसीआर परीक्षणसमेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो