एजेन्सी । संसारभरी कोरोनाभाइसका लागि हाहाकार मच्चिएको छ । हालसम्म के भयो, आउनुहोस् यसबारे जानकारी लिऔंः
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । ट्रम्पले अब आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’
– अमेरिकामा मृतकको संख्या ५२ हजार पार भएको छ ।
यो पनिः
कोरोनाभाइरसः ट्रम्पले दिए अचम्मको स्वास्थ्य सल्लाह, विनाशकारी नतिजा निम्त्याउन सक्ने भन्दै डाक्टरको कडा आपत्ति
– संसारभरी मुस्लिमको पवित्र महिना रमजानको सुरुवात भइसकेको छ । यद्यपि, थुप्रै देशमा मस्जिद बन्द छन् र सामाजिक दूरीको नियम पालना गरिँदै छ ।
– बेलायतमा प्रमुख कर्मचारीका लागि कोरोनाभाइरस परीक्षणको बुकिङ सरकारी वेबसाइटमा पुनः सुचारु भएको छ । यसअघि ‘अत्यधिक माग’ का कारण यो बन्द भएको थियो ।
– स्पेन र इटलीमा पाँच हप्तापछि पछिल्लो २४ घण्टामा सबैभन्दा कम मृत्यु भएको छ ।
– विश्वका विभिन्न नेताले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक कार्यक्रमको सुरुवात गरेका छन् जसमार्फत् भायरसका लागि अनुसन्धान, भ्याक्सिन, औषधी, परीक्षणको गती बढाइने बताइएको छ ।
Source: https://www.bbc.com/hindi/live/india-52407113
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने