काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको एक मन्त्रीले बताए ।
‘लकडाउन थप्ने/नथप्नेबारे आज निर्णय भएन’ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले भने,‘ भोलि या पर्सि बस्ने अर्को बैठकले यसबारे ठोस निर्णय गर्ने छ ।’
कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको ती मन्त्रीले बताए ।
सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।
लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।
यसैबीच, उदयपुर र भोजपुरमा समुदायस्तरमा कोरोना देखिएका कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने विचारहरू पनि आइरहेका छन् ।
सरकारले यसबारे कस्तो नीति लिन्छ, आइतबारसम्म कुर्नुपर्ने भएको छ ।
सम्बन्धित खबर
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु