‘हाँस्छु बोल्छु तिमीसँगै बुझिदेउन कुरा काली’

‘हाँस्छु बोल्छु तिमीसँगै बुझिदेउन कुरा काली’

shishir sirr

गजल –  काली

हास्छु  बोल्छु तिमी संगै बुझिदेउन कुरा काली
तिम्लाई भाकि साचेको छु मेरो दिलको ठाँउ खाली।

ढुकी बस्दा तिम्रो बाटो आँखा तरि गए पनि
तिम्रै सामु बसि हरपल सुनिरहु लाग्छ गाली।

तर्की तर्की नभागदेउन हेर बरु मनमा सजाई
छाया माया सारा दिन्छु बनी तिम्रो दिलको माली।

धन दिन नसकुला खस्न्न दिन्न कहिल्यै आँसु
के के गरे माया देख्छयौ भनीदेउन तिम्रो पाली।

सारा खुशी दिन्छु तिम्लाई जति जंहार आए पनि
आट मात्रै लान्छु तिम्लाई आजै मैले सिन्दुर हाली।

शिशिर ज्ञवाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds