गुल्मीमा आगलागी: जलेर वडाअध्यक्षको छोराको मृत्यु, ५ जना घाइते

गुल्मीमा आगलागी: जलेर वडाअध्यक्षको छोराको मृत्यु, ५ जना घाइते

agalagi-gulmi

गुल्मी । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । स्टोर्सका सञ्चालक खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष हुन् ।

एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् ।

आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए ।

घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताए ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds