पोखरा । पोखराका केही युवा मिलेर स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण निर्माण गरेका छन् । नेपाल इञ्जिनियरिङ्ग संघ नेपाल गण्डकी प्रदेशको नेतृत्वमा निर्मित स्वचालित उक्त उपकरण पोखरा महानगरपालिकालाई आइतबार हस्तान्तरण गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा महानगरपालिकालाई स्वचालित स्यानिटाइजर स्प्रे उपकरण हस्तान्तरण गरिएको हो ।
स्यानिटाइजर स्प्रे उपकरण आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ्गको उपस्थितिमा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त स्यानिटाइजर मेसिन पोखरा महानगरपालिकाको गेटमा राखिएको छ ।
‘परिक्षण सफल भएपछी मात्रै महानगरलाई हस्तान्तरण गरेको इन्जिनियर सुरेश तिमल्सिनाले जानकारी दिए । उनले भने ‘स्यानिटाइजर टनेल आफूहरुले मानवीय सेवाको दृष्टिले निशुल्क महानगरलाई उपलब्ध गराएका हौ ।’
नेपाल इञ्जिनियरिङ्ग संघ नेपाल गण्डकी प्रदेशमा आवद्ध पोखराका इन्जिनियर र युवाहरुले मिलेर ३ दिन ३ रातमा उक्त उपकरण निर्माण गरेको सुरेश तिमल्सिनाले गण्डकन्युजलाई बताए । उनले भने ‘हामी ८ जना दिनरात काममा खटिएर टनेल निर्माण सकेका हौं।’

उक्त स्यानिटाजर टनेल निर्माण गर्न इन्जिनियर सुरेश तिमिल्सिना, इन्जिनियर सुलभ तिमिल्सिना, इन्जिनियर सुनिल दाहाल, इन्जिनियर टेक कटुवाल, इन्जिनियर विप्लव पोख्रेल, इन्जिनियर धुर्बराज भट्टराई, युवा वैज्ञानिक विकल्प ढुंगाना र वैकुण्ठ अधिकारि लगाएतको संयुक्त प्रास रहेको थियो ।
‘टनेलले स्वचालित रूपमा काम गर्छ ।’ तिमल्सिनाले भने ‘मानिस आठ फिट लामो टनेलमा आउदा स्वचालित रूपमा स्यानिटाइज हुन्छन ।’
स्थानीयस्तरमै उपलब्ध सामानहरु प्रयोग गरेर मेसिन निर्माण गरिएकाले खराबी आउनासाथ तुरुन्तै मर्मत गर्न सकिने तिमल्सिनाले बताए । अहिलेपनि दाेश्राे टनेल निर्माणमा ल्याब मै छाै ।’ इन्जिनियर तिमिल्सिनाले भने ‘साे टनेललाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पिन गण्डकीकाे तर्फबाट राखिनेछ ।’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो