मनकामना मन्दिरका पुजारी शिकार खेल्न बन्दुक बोकेर हिँडेपछि बन्दुुक प्रहरी नियन्त्रणमा

मनकामना मन्दिरका पुजारी शिकार खेल्न बन्दुक बोकेर हिँडेपछि बन्दुुक प्रहरी नियन्त्रणमा

banduk-00

गोरखा । मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘लाइसेन्स भएकाले उहाँलाई समातेनौं, तारेखमा छाडेका छौ, बन्दुक हाम्रो नियन्त्रणमा छ,’ उनले भने । व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।

तर उनले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् ।

शुक्रवार राति पनि शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds