तनहुँ । रक्तसन्चार केन्द्र दमौलीमा रगतको अभाव भएपछी जेसिआई व्यासनगरले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा रकतदाताहरूको उल्लेखनीय सहभागिता रहेपनि बाँकी रक्तदातालाई दमौली अस्पतालमा रगतको कमी भएको खण्डमा पुन रक्तदान कार्यक्रम गर्ने जानकारी गराइएको क्लब अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमका लागि प्रभु बैंक दमौली शाखाको आर्थिक र नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
हाल विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)को कारण संवेदनशिल भई सामाजिक दुरी कायम राखी रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
विपतको समयमा रगत अत्यावश्यक हुने भएकाले अभाव हुन दिन नहुने प्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा व्यास ३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा खेमराज अधिकारीले ९३ औं पटक र हरि सिग्देलले ३४ औं पटक रक्तदान गरेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने