नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ । सरकारले गरेको लकडाउनका कारण २३औं दिन बुधबार पहिले भन्दा सुनसान देखिएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुवाति दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । पोखराका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उनको भनाइ छ ।
यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ ।
लकडाउनको प्रभाव सुनसान पोखरा :







सम्बन्धित खबर
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर