मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा राहत वितरण गरेको छ ।
गाउँपालिकामा बिभिन्न जिल्लाबाट आएर ज्यालादारी गरिरहेका मजदुर, श्रमिक, असहाय अशक्त देखि साधुसन्त गरी १ सय ८८ घर परिवारका ५ सय ४० जनालाई राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीबी बरालले बताए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको पछि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक पिडित बनेका थिए ।
गाउँपालिकाले राहत वितरण गरेर आफुँलाई ठूलो सहयोग भएको देबकुमार सुनारले बताईन् ।
गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा कार्यरत श्रमिक, मजदुर, असहाय र अशक्त परिवारलाई छनौट गरी राहत वितरण गरिएको र उक्त गाउँपालिमा करिब ५०० श्रमिक तथा मजदुरहरु कार्यरत छन् ।
गण्डकी प्रदेश सरकारबाट प्रत्येक जिल्लाका स्थानीय तहलाई पांच लाख उपलब्ध गराउने निर्णय भएको र बाँकी रकम गाउँपालिकाले बिपद ब्यबस्थापन कोषबाट खर्च गर्ने बरालले बताए ।
बिपन्न परिवारलाई परिवार संख्याको आधारमा खाद्यान्नको ४ वटा प्याकेज बनाई यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँ गाउँ मै पुगेर राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गण्डक न्युजलाई जानकारी दिए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो