मेस्सीले गरे कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक भन्दै प्रशंसा

मेस्सीले गरे कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक भन्दै प्रशंसा

lionel-messi-cropped_hsyez3omcupf1ni9b3pebobuy-390×285

काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सीले विश्वभर कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक रहेको भन्दै त्यसप्रति प्रसन्नता व्यक्त गरे ।

‘हिजोबाट यो हप्ताको विश्व स्वास्थ्य कार्यकर्ताको यूनिसेफसँगको कार्य अन्त्य भयो र म उनीहरूले गरेको कामका लागि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन् ।

६ पटकको फिफा, बालोन डे’ओर अवार्ड विजेता मेस्सी युनिसेफका सद्भावना दूतसमेत हुन् ।

मेस्सीले यो समय स्वास्थ्यकर्मीहरू आफ्नो परिवारभन्दा टाढा रहेर कोरोनाबाट बचाउन लागि परेको भन्दै उनीहरू नायक भएको समेत लेखेका छन् । ‘गुमनाम नायकहरू जो दिन र रात आफ्नो परिवारबाट टाढा छन्, त्यसैले हामी कोभिड १९ बाट सुरक्षित रहन सक्छौं,’ मेसीले लेखेका छन् ।

सबै तनावका बीच पनि उनीहरूले गर्भवती महिलादेखि बच्चाहरुको सुरक्षामा निरन्तरता दिइरहेको मेस्सीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds