काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का चार लाखभन्दा धेरै संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।
अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । करिब ८३ हजार संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् । त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् ।
जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । यस्तोमा अझै ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।
इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते